अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१० | Colorodo: 11:25

दशैँ बिदाअघि शेयर बजार सामान्य बढ्यो, कारोबार रकम ४ अर्ब रुपैयाँ पनि पुगेन

बिआरटीनेपाल २०८१ असोज २३ गते ८:२३ मा प्रकाशित

हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । दशैँ बिदाअघि शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८५ अङ्कले बढेर दुई हजार ६ सय ६८ दशमलव १७ विन्दुमा पुगेको छ ।आज विकास बैंक, लगानी, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज बजारसँगै कारोबार रकम पनि घटेको छ । हिजो चार अर्ब ५९ करोडभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ९४ वटा कम्पनीका ८३ लाख १२ हजार कित्ता शेयर तीन अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू