अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ता

बिआरटीनेपाल २०८१ असोज २२ गते २१:०५ मा प्रकाशित

नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग विवाह दर्ता गरेको  यो पहिलो घटना हो ।धरान उपमहानगरपालिका वडा नम्बर ११ का प्रजित बुढाथोकी र अमेरिकाका जोसेफ फोस्टर एलिसको विवाह दर्ता भएको हो । उनीहरुले आइतबार विवाह दर्ता प्रमाणपत्र लिएका हुन् । जोसेफ संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरका हुन् ।

उनीहरुको विवाहलाई नेपालको इतिहासमा नै नेपाली पुरुष र विदेशी पुरुषबिच औपचारिक विवाह भएको पहिलो पटक भएको संविधानसभा सदस्य सुनिलबाबु पन्तले बताएका छन् । पहिलो पटक दुलाहा दुलाहा उल्लेख गरेर विवाह दर्ता भएको समेत  पहिलो पटक भएको पन्तले आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन् । विवाह दर्ता प्रमाणपत्रमा दुवै जनाको विवरणमा दुलहीको ठाउँमा निलो कलमले काटिएको छ । यसअघि दर्ता भएको समलैंगिक विवाहमा दुलाहा र दुलही उल्लेख गरिएको हुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू