अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

महिला टी–२० विश्वकप क्रिकेट : अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले हरायो

बिआरटीनेपाल २०८१ असोज २२ गते २१:०१ मा प्रकाशित

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले हराएको छ । शारजाहमा गएराति भएको खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभर २ बलमा ८८ रनमा समेटियो ।न्युजिल्यान्डका अमेलिया केरले २९ रन बनाइन । अष्ट्रेलियाका लागि मेगान स्कहटर र अनावेल सुटरल्यान्डले समान ३ विकेट लिइन । त्यसअघि टस जितेर पहिला व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

अष्ट्रेलियाका वेथ मोनेले सर्वाधिक ४० रन बनाइन । न्युजिल्यान्डका अमेलिया केरले ४ विकेट लिइन । अष्ट्रेलियाले पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो भने न्युजिल्यान्डले भारतलाई हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू