अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

मनसुनी वायु कमजोर हुँदै केही दिन ठूलो पानी नपर्ने

बिआरटीनेपाल २०८१ असोज २२ गते २०:४५ मा प्रकाशित

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले केही दिन कतै पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशलगायत मधेस प्रदेश र बाग्मती प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेस प्रदेश र बाग्मती प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू