अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५
| Colorodo: 11:10
सरकारले थप ५७ वटा हिमालमा आरोहणका लागि खुला गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमालमा आरोहणका लागि खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
योसहित नेपालमा आरोहणका लागि खुला गरिएका हिमालको सङ्ख्या चार सय ७६ वटा पुगेको छ । पर्यटन विभागले गएको असारमा गरेको सिफारिशअनुसार मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमाल आरोहण खुला गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । खुला गरिएका हिमालमा पाँच हजार आठ सय ७० मिटरदेखि ६ हजार आठ सय ६८ मिटर उचाइसम्मका छन् ।