अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

जनकपुरधाममा झिझिया महोत्सव हुने

बिआरटीनेपाल २०८१ असोज २१ गते २२:१४ मा प्रकाशित

नव मिथिला फाउण्डेसनको आयोजनामा जनकपुरधाममा झिझिया महोत्सव हुने भएको छ । बडादशैँको अवसर पारेर भोलि झिझिया महोत्सवको हुन लागेको नव मिथिला फाउण्डेसनले जनाएको हो ।

मिथिलाको लोक संस्कृति, लोक गायन तथा धार्मिक परम्परालाई बचाउने उद्देश्यले झिझिया महोत्सवको आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष अमित साहले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पाँच सय जनाले टाउकोमा झिझियाको घैँटो राखेर झिझियाको गीतमा नाच्ने तयारी छ । महोत्सवमा झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चासमेत गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू