अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

माइक्रो आरएनएको अनुसन्धान गर्ने दुईले पाए चिकित्सातर्फको नोबेल

बिआरटीनेपाल २०८१ असोज २१ गते ६:२३ मा प्रकाशित

‘माइक्रो आरएनए’को अनुसन्धानबापत वैज्ञानिकहरु भिक्टर एम्ब्रोस र ग्यारी रुवकुनलाई यस वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा नोबेल कमिटीले गरेको छ।नोबेल पुरस्कार कमिटीका अनुसार स्विडेनको राजधानी स्टकहोममा सोमवार पुरस्कार घोषणा गरिएको हो ।शरीर विज्ञान र चिकित्सा विज्ञानसम्बन्धी नोबेल कमिटीका उपाध्यक्ष ओल्ले क्याम्पेका अनुसार माइक्रोआरएनएको यस अनुसन्धानले जिन रेगुलेसनका लागि नयाँ र अनपेक्षित संयन्त्रलाई पत्ता लगाएको छ।

मानिसको शरीरमा माक्रो आरएनए बिना सेल तथा टिस्यु बन्न सक्दैन । यद्यपि, माइक्रो आरएनएमा असाधारण परिवर्तन भएका कारण क्यान्सर जस्तो प्राण घातक रोग लाग्नसक्छ।माइक्रो आरएनएको जीन कोडिङ म्युटेशनका कारण मानिसहरुको सुन्ने क्षमता, आँखा तथा शारीरिक बनावटमा समस्या आउने गर्छ। ७ देखि १४ अक्टोबर सम्म विज्ञान, अर्थशास्त्र, साहित्य तथा शान्ति जस्तो उत्कृष्ट क्षेत्रमा काम गर्नेहरुलाई नोबेल पुरस्कारले सम्मान गर्ने गरिएको छ। यो पुरस्कार स्विडेनको स्टकहोममा दिने गरिन्छ।

नोबेल पुरस्कारबापत ११ मिलियन स्विडिस क्रोनर प्राप्त हुन्छ।माइक्रो आरएनए जिन पछिल्लो ५० करोड वर्षदेखि बहुकोशिकीय जीवका जिनमा विकसित भएको हो।अहिलेसम्म मानिसहरुको जीवनमा फरक(फरक तरिकाको माइक्रो आरएनएको एक हजार भन्दा बढी जिनको खोज भइसकेको छ।१९०१ मा जब नोबेल पुरस्कारको शुरुवात भएको थियो त्यसयता मेडिसिनको फिल्डमा २ सय २९ जना मानिसहरुलाई समानित गरिएको छ।

पछिल्लो पटक मेडिसिन तर्फको नोबेल पुरस्कार क्याटलिन कारिको र ड्रयूवीसम्यानलाई दिएको थियो। उनीहरुले कोभिड विरुद्ध एमआरएनए टेक्नोलोजीको विकाश गरेर विश्वभरबाट कोरोना महामारीको अन्त गरेको भन्दै नोबेल पुरस्कार दिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू