अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

टी २० महिला विश्वकपमा भारत र वेस्ट इन्डिज विजयी

बिआरटीनेपाल २०८१ असोज २० गते २१:१६ मा प्रकाशित

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय ६ रनको लक्ष्यपछ्याएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो ।भारतका लागि शेफाली वर्माले सर्वाधिक ३२ रन बनाइन् । पाकिस्तानकी फातिमा सानाले २ विकेट लिइन् । यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । पाकिस्तानकी निदा दारले २८ रन बनाइन् । भारतका लागि अरुन्धती रेड्डीले ३ विकेट लिईन् ।

यस्तै हिजो भएको दोस्रो खेलमा वेस्ट इन्डिजले  स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको १ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले  ११ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । वेस्ट इन्डिजकी क्वीना जोशेफले सर्वार्धिक ३१ रन बनाउँदा स्कटल्याण्डकी अफि फ्लेचरले ३ विकेट लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । उसका लागि अइल्सा लिइष्टरले २६ रन बनाइन् । वेस्ट इन्डिजकी ओलिभिया बेलले २ विकेट लिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू