अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार, अब ठूलो पानी नपर्ने

बिआरटीनेपाल २०८१ असोज २० गते २१:०९ मा प्रकाशित

देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । तर एक, दुई दिन बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद रोजन लामिछानेले दिनुभएको जानकारी अनुसार आज पूर्वी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । एक, दुई दिनपछि मध्य र पूर्वी क्षेत्रको मौसम पनि सफा हुँदै जाने उहाँले बताउनुभयो ।

पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन थाले पनि मध्य र पूर्वी क्षेत्रमा भने मनसुनी वायुको प्रभाव कायमै छ । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै ठाउँहरूबाट मनसुन आज बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । मनसुन बाहिरिन थालेपछि दशैँका मुख्य दिनमा झरीको सम्भावना टरेको छ । अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू