अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८
| Colorodo: 20:33
नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ लिनुभएको छ । प्रधानन्यायाधीश राउतलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
राष्ट्रपति पौडेलले राउतलाई आज बिहान प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।