अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

बाढीपहिरो : हालसम्म २४४ जनाको मृत्यु

बिआरटीनेपाल २०८१ असोज १९ गते २१:४७ मा प्रकाशित

गत साताको बाढीपहिरोबाट हालसम्म २४४ जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण १९ जना बेपत्ता भएका छन् भने अन्य एक सय ७९ जना घाइते भएका छन् ।बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

बाढीपहिरो पीडितको विवरण संकलन स्थानीयस्तरबाट भइरहेको र विवरण संकलन भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण गरिने गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताउनुभयो । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायतका सहयोग प्रदान भएको बताइएको छ ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । सहायता रकम हालसम्म एक सय ६० परिवारले पाइसकेका छन् । सबैभन्दा बढी मृत्यु भएको काभ्रेपलाञ्चोकमा ७२ जनामध्ये ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू