अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

हेटौँडाबाट आठ किलोभन्दा धेरै सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

बिआरटीनेपाल २०८१ असोज १९ गते ४:४५ मा प्रकाशित

मकवानपुरको हेटौँडाबाट आठ किलोभन्दा धेरै सुनसहित दुई जना पक्राउ परेका छन् । पूर्व–पश्चिम सडक खण्डहेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टबाट आज बिहान सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन् ।बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा भारत महाराष्ट्र राज्य सांगली जिल्लाका स्कुटर चालक २५ वर्षिय अभिषेक अजिनाथ कुटी र स्कुटरको पछाडि रहेका २७ वर्षिय राहुल भिट्टिहाललाई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

उहाँले उनीहरुले शरीर तथा स्कुटर खानतलासी गर्दा भन्सार छलिको सुन ल्याएको पाइएको बताउनुभयो । बजार भाउअनुसार बरामद सुनको भाउ ११ करोड ४३ लाख रुपैयाँ भन्दा धेरै पर्ने उहाँले बताउनुभयो । सुनसहित अजिनाथ कुटी र राहुल भिट्टिहाललाई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू