अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

सुनको मूल्य अहिलेसम्मकै उच्च

बिआरटीनेपाल २०८१ असोज १८ गते ७:४६ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार कारोबार भइरहेको सुनको मूल्य हालसम्मकै उच्च हो । बिहीबार छापावाल सुन प्रतितोला १  लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो । यसैगरी, आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया