अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

पूर्वराजा शाह र पूर्व भुटानी राजा जिग्मे सिङ्गे वाङ्चुकबीच भेटवार्ता

बिआरटीनेपाल २०८१ असोज १८ गते ७:३५ मा प्रकाशित

भुटान भ्रमणमा रहेका नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँका पूर्वराजा जिग्मे सिङ्गे वाङचुकसँग भेट गर्नुभएको छ । उहाँले भुटान नरेश जिग्मे केशर नामग्यालका बुवा अर्थात यसअघिका भुटान नरेश जिग्मे सिङ्गे वाङचुकसँग भेटवार्ता गर्नुभएको हो ।

नेपालका पूर्वराजा शाह र भुटानका पूर्वराजा वाङ्चुक भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजका सहपाठी पनि हुनुहुन्छ । भुटान भ्रमणमा छोरी प्रेरणा र भतिजी सिताश्मा लिएर बिहीबार पुगेका पूर्वराजा शाहलाई विमानस्थलका त्यहाँकी राजकुमारीले स्वागत गर्नुभएको थियो । स्रोतका अनुसार नेपालका पूर्वराजा शाह संरक्षणसम्बन्धी एक कार्यक्रममा सहभागी हुनुका साथै अन्य निजी कामका सिलसिलामा भुटान जानुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू