अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गएपछि विराटनगर भन्सार कार्यालयमा तोडफोड

बिआरटीनेपाल २०८१ असोज १८ गते ७:२६ मा प्रकाशित

ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गएपछि मोरङको विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा तोडफोड भएको छ ।हिजो बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्री ६० वर्षका श्याम साहको ज्यान गएको थियो ।

ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै स्थानीयबासिन्दा र आफन्तले आज प्रदर्शन गरेका हुन् । भन्सार कार्यालयमा तोडफोड हुँदा अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार तोडफोडबाट भन्सार कार्यालयको गेट र भवनमा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू