अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

इरानमाथि इजरायली आक्रमणकाे डरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ महँगियाे

बिआरटीनेपाल २०८१ असोज १८ गते ७:२४ मा प्रकाशित

इजरायल र इरानकाे तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल उद्योगमा इजरायलको सम्भावित आक्रमणबारे अमेरिकाले छलफल गरिरहेको बताएपछि तेलको भाउ बढेको बीबीसीले जनाएको छ ।इरानको तेल केन्द्रमा आक्रमण गर्न इजरायललाई समर्थन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा बाइडेनले आफूहरूले त्यसमा छलफल गरिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।

इरान विश्वको सातौं ठूलो तेल उत्पादक देश हो जसले आफ्नो उत्पादनको आधा विदेश निर्यात गर्छ र धेरै चीनतर्फ जाने गरेको छ ।इरानले सोमवार इजरायलमा मिसाइल आक्रमण गरेपछि कच्चा तेलको भाउ १० प्रतिशतले बढेर प्रति ब्यारेल ७७ अमेरिकी डलर पुगेको छ । यद्यपि यो भाउ यस वर्षको शुरूमा देखिएको स्तरभन्दा तल रहेको खबरमा उल्लेख छ । यस वर्ष अहिलेसम्म चीनबाट कम माग रसाउदी अरबबाट पर्याप्त आपूर्तिले तेलको भाउलाई नियन्त्रण गर्न काम गरेको छ । रुस–युक्रेन युद्ध शुरू भएपछि विश्व एलएनजी ट्याङ्कहरूमा पठाइएका फ्रोजन ग्यासमा बढी निर्भर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू