अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारी

बिआरटीनेपाल २०८१ असोज १८ गते ७:२३ मा प्रकाशित

इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ ।पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा गरिएको हवाई हमलामा ठूलो हताहती भएको अनुमान गरिएको छ । दक्षिणी बेरुतमा विमानस्थल नजिकैको क्षेत्रमा ठूलो बिस्फोटको आवाज सुनिएको बताइएको छ ।

यसअघि इजरायली सेनाले शहरको दक्षिणी उपनगरमा रहेका दुईवटा भवन छाड्न सर्वसाधारणलाई आदेश दिएको थियो । लेबनानी अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म १ सय २७ बालबालिकासहित एक हजार ९७४ व्यक्तिको मृत्यु भइसकेको छ । उता प्यालेस्टाइनको पश्चिम किनारामा एउटा शरणार्थी शिविरमा इजरायली हवाई हमलामा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू