अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

नारायणघाटदेखि काठमाण्डौसम्म ठूला गाडी सञ्चालनमा रोक

बिआरटीनेपाल २०८१ असोज १८ गते ७:१२ मा प्रकाशित

चितवनको नारायणघाटदेखि काठमाण्डौसम्म ट्रेलरसहितका ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।

यात्रुवाहक गाडीलाई प्राथमिकता दिनेगरी ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिनुभयो । यसमा औषधि र तरकारी बोकेकाबाहेक अन्य ठूला गाडी आउँदो कार्तिक १ गतेसम्म बन्द रहने उहाँको भनाइ छ ।

आयातित मालवाहक गाडीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक गाडीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालय खुलेको अवस्थामा नरोक्ने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू