अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

वर्ल्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर यु-२० मा एरिका नेपालको प्रतिनिधित्व गर्ने

बिआरटीनेपाल २०८१ असोज १८ गते ७:०८ मा प्रकाशित

वर्ल्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर अण्डर ट्वन्टी वानमा नेपालकी स्टार कराँते खेलाडी एरिका गुरूङले नेपालको प्रतिनिधित्व गर्दै छन् ।एरिकालाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाई गरे । इटलीको भेनिसमा हुने च्याम्पियनसिपमा एरिकाले अण्डर ट्वान्टी वानतर्फ ६८ केजी माथीको तौल समूहमा प्रतिष्पर्धा गर्ने छन् ।

च्याम्पियनसिपमा ११३ राष्ट्रका १ हजार ९९५ खेलाडीको सहभागीता रहने छ । एरिकाले निरन्तर रूपमा नेपाललाई पदक दिलाइरहेकोले यो च्याम्पियनसिपबाट पनि पदकको आशा राखेको सदस्य सचिव टंकलाल घिसिङले बताए । उनले एरिकाले दिएको सफलताको कारण अबको सबै अन्तर्राष्ट्रिय प्रतियोगिता र सबै अन्तर्राष्ट्रिय प्रशिक्षणको खर्च राष्ट्रिय परिषद्ले व्यहोर्ने पनि सदस्य सचिव घिसिङले बताए ।

एरिकाले केही दिन अगाडि एकेएफ सिनियर च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक रजत दिलाएका थिए । यसअघि उनले एशियाली खेलकुदमा पनि रजत पदक प्राप्त गरेका थिए । अहिलेसम्म खेलेको सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक बिहिन हुन नपरेकोले पनि उहाँबाट यो पटक बढी अपेक्षा गरिएको छ । एरिकासँगै प्रशिक्षक कुशल श्रेष्ठ र अफिसियल तारा गुरूङ र सन्तोष श्रेष्ठसहितको चार सदस्यीय नेपाली टोली शनिबार इटली प्रस्थान गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू