अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

बिआरटीनेपाल २०८१ असोज १८ गते ७:०४ मा प्रकाशित

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्कनुभएको छ ।परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा भाग लिई शुक्रबार स्वदेश फर्कनुभएको हो ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९ औं महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुग्नुभएको थियो । आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाले बताउनुभयो ।

कतारमा आयोजित सम्मेलनमा एसिडी सम्मेलदनको क्रममा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू