अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको आराधना गरि मनाइँदै

बिआरटीनेपाल २०८१ असोज १७ गते २२:३१ मा प्रकाशित

नवरात्रको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ । नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदैछ । आज शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।

नवरात्रको पहिलो दिन बिहीबार दशैंघर अथवा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा गरिएको थियो ।

नवरात्रमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । त्यसैले वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन दुर्गादेवीको विशेष आराधना गर्दछन् । नौ दिनसम्म पूजा गरेको प्रसाद जमरा आदि विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू