अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

गण्डकी सरकारले बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने

बिआरटीनेपाल २०८१ असोज १७ गते ७:०३ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले बाढी पहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो। असोज ११ गतेपछि बाढी पहिरोले देशैभर धनजनको क्षति पु¥याएको छ। मन्त्रीपरिषद् बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका प्रति श्रद्धान्जली अर्पण गर्दै वेपत्ताको खोजी, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो।

‘विपद्का कारण काठमाडौं उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो। यो विपत्तिको सामना हामीसबै मिलेर गर्नुपर्छ भन्ने धेयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो’ मुख्यमन्त्री पाण्डेले भनेन्नुभयो । प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुननिर्माणलगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ।

गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतीको अध्ययन गर्न समिति गठन गरेको छ। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा। प्रेरणा सेढाईंको संयोजकत्वमा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहनेगरी समिति गठन भएको हो। समितिले प्रदेशभर विपद्ले पु¥याएको क्षतीको मूल्यांकन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन सरकार समक्ष पेश गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू