अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

सुनचाँदीको मूल्य बढ्यो

बिआरटीनेपाल २०८१ असोज १७ गते ६:५३ मा प्रकाशित

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।  बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँ बढेर एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया