अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 06:26

पूर्वराजा शाह भुटानमा

बिआरटीनेपाल २०८१ असोज १७ गते ६:४० मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुग्नुभएको छ । भुटानी राजपरिवारको निमन्त्रणामा पूर्वराजा शाह भुटान जानुभएको हो। उहाँ बिहीबार बिहान ड्रुक एयरलाइन्सको विमानबाट भुटानको राजधानी थिम्पु प्रस्थान गर्नुभएको हो ।

शाहको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू भुटान गएका छन्। निर्मल निवास सम्वाद सचिवालयले यो भ्रमणलाई निजी भनेको छ। उनलाई भुटानी राजकुमारीले स्वागत गर्नुभएको थियो । पूर्वराजा आइतबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू