अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

बैंककमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

बिआरटीनेपाल २०८१ असोज १७ गते ६:२३ मा प्रकाशित

थाइल्याण्डको राजधानी बैंककमा स्कुलका यात्रु बोकेको बसमा आगलागी हुँदा करिव २५ जनाको मृत्यु भएको छ ।

उत्तरी उथाइ थानी प्रान्तको एक विद्यालयका ६ जना शिक्षक र ३८ विद्यार्थीसहित ४४ यात्रु सवार रहेको एकल डेकर बसमा मङ्गलवार मध्याह्न आगलागी भएको उपप्रधानमन्त्री तथा यातायात मन्त्री सुरिया जुङ्रुङ्ग्रेङकिटले बताउनुभयो । १९ यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको सुरियाले बताउनुभयो ।

प्रधानमन्त्री पातोङटार्न सिनावात्राले घाइते र मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरुको उपचारको खर्च सरकारले व्यहोर्ने र घटनामा परी ज्यान गुमाएकाहरुलाई क्षतिपूर्ति दिने आश्वासन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू