अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडि बढेको छ : मन्त्री दाहाल

बिआरटीनेपाल २०८१ असोज १७ गते ५:३४ मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरित यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धाम छानविन भइरहेको बताउनुभएको छ ।बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालिन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताउनुभएको हो ।

मन्त्री दाहालले विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरुले बस नरोकेको भन्दै त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडी बढेको बताउनुभयो । उहाँले वैकल्पिक राजमार्गबाट यात्रुहरुलाई काठमाडौं बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वभाविक भएको भन्दै अध्याधिक भाडा बढाएमा भने अनुगमन हुने बताउनुभयो । उहाँले अवरुद्ध सडक सञ्जाल सुचारु गर्न प्रयास भइरहेको बताउनुभयो ।

प्रतिक्रिया