अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेसले बनायो केन्द्रीय निर्देशन समिति

बिआरटीनेपाल २०८१ असोज १६ गते ७:४० मा प्रकाशित

नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरुको महाधिवेशन गराउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।  केन्द्रीय कार्यसमितिको साउन २३ गतेको निर्णय अनुसार कांग्रेसले नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको हो । महाधिवेशन २०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउन केन्द्रीय समितिले निर्देश गरेको थियो ।

विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याई आवश्यक निर्देशन समेत गर्न सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम  भ्रातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समिति देहाय बमोजिम गठन गरेको छ ।

नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१‍) सहमहामन्त्री उमाकान्त चौधरी- संयोजक
२) केन्द्रीय सदस्य पुष्पा भुसाल- सदस्य
३)केन्द्रीय सदस्य रुक्मिणी कोइराला- सदस्य

नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति

१) सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना-संयोजक
२) केन्द्रीय सदस्य सरिता प्रसाई- सदस्य
३) केन्द्रीय सदस्य जीतजंग बस्नेत- सदस्य

नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१) सहमहामन्त्री किशोर सिंह राठौर – संयोजक
२) केन्द्रीय सदस्य राजीव ढुंगाना- सदस्य
३) केन्द्रीय सदस्य प्रतिमा गौतम- सदस्य

प्रतिक्रिया