अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५
| Colorodo: 00:40
सर्वोच्च अदालतले सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका संचालक छविलाल जोशीलाई रिहा गर्न अस्वीकार गरेको छ ।पोखराको सुर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका जोशीको तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेकोमा सर्वोच्चले उनलाई रिहा गर्न अस्वीकार गरेको हो ।
रिटमामाथि आज सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र अव्दुल खजीज मुसलमानको संयुक्त इजलासले रिट खारेज गर्ने निर्णय सुनाएको हो । कास्की जिल्ला अदालतमा जोशीको बयान लिने क्रम जारी रहेको छ ।