अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

नेप्सेसँगै घट्याे कारोबार रकम

बिआरटीनेपाल २०८१ असोज १६ गते ७:१९ मा प्रकाशित

हिजो १ सय १४ अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ०७ अङ्कले घटेर २ हजार ५ सय ९७ दशमलव ४९ विन्दुमा झरेको छ ।आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज विन नेपाल लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशत र न्यादी हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । यस्तै स्वरोजगार लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज कारोबार रकममा पनि कमी आएको छ । हिजो साढे ७ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय १० वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ६ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रतिक्रिया