अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

दार्जिलिङमा चिया श्रमिकको बन्दका कारण जनजीवन प्रभावित

बिआरटीनेपाल २०८१ असोज १६ गते ७:०६ मा प्रकाशित

चिया श्रमिकहरूले भारतको दार्जिलिङ बन्द गरेका छन् । बन्दका कारण यातायात, विद्यालय, कार्यालयलगायतको सेवा प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।दशैँ, तिहार र दुर्गा पूजाका लागि खाइपाइ आएको तलब सुविधामा २० प्रतिशत बोनस वृद्धि गर्न माग राखेर दुई हप्तादेखि आन्दोलन गरिरहेका श्रमिकहरूले आज दार्जिलिङ बन्दको आह्वान गरेका हुन् । श्रमिकले दैनिक २ सय ३२ भारतीय रुपैयाँ ज्याला पाउँछन् । पश्चिम बङ्गाल सरकारले आफूहरूको सामान्य माग पूरा गर्न पनि अग्रसरता नदेखाएको श्रमिकहरूको गुनासो छ ।

चिया बगानको सम्पूर्ण स्वामित्व पश्चिम बङ्गाल सरकारको अधिनमा छ । त्यसैले बगान सञ्चालन, जमिनको प्रयोग र श्रम सम्झौताहरूमा राज्य सरकारले नियामक भूमिका खेल्दै आएको छ ।दार्जिलिङमा ८७ वटा चिया बगान छन् । केही दिनदेखि सबै बगानमा काम रोकिएको भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’ ले जनाएको छ । श्रमिक आन्दोलित हुँदा हजारौं टन गुणस्तरीय चिया खेर जाने अवस्थामा पुगेको छ । दार्जिलिङ ब्रान्ड चिया विश्वभर लोकप्रिय मानिन्छ । भारतको चिया बोर्डका अनुसार दार्जिलिङबाट मात्रै वार्षिक झन्डै ७० लाख किलो चिया उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू