अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 16:01

बजारमा दैनिक उपभोग्य वस्तुको अभाव छैन : मन्त्री भण्डारी

बिआरटीनेपाल २०८१ असोज १६ गते ६:५० मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नरहेको बताउनुभएको छ ।

नेकपा(एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको मन्त्रालयमा आज ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले बजारमा अभाव हुन नदिन मन्त्रालयले पनि देशका ४४ जिल्लाका ६१ वटा ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरेकाे जानकारी गराउनुभयो । उहाँले विपद्जन्य अवस्था र चाडपर्वका बेला कोही कसैले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गरे वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने चेतावनी दिनुभयाे ।

विगतभन्दा अहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटेको जनाउँदै मन्त्री भण्डारीले बजारमा कोही कसैले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कालोबजारी तथा मूल्यवृद्धि गरे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हटलाइन नम्बर ११३७ मा खबर गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू