अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९
| Colorodo: 15:44
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले असोज ११ गतेपछिको वर्षाजन्य विपद्का कारण ६ अर्ब रुपैयाँ बराबरको बालीनाली नोक्सानी भएको बताउनुभएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजकाे बैठकमा मन्त्री अधिकारीले ६ अर्ब रुपैयाँ बराबरको बालीनाली नोक्सानी भएको र याे तथ्याङ्क प्रारम्भिक भएको बताउनुभयो । उहाँले राहतका लागि दातृ निकायहरूलाई पनि अनुरोध गरिएको बताउनुभयो ।
बैठकमा जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले पीडित किसानहरूलाई राहत दिन ढिलो गर्न नहुने बताउनुभयो । ऐन, कानूनले राहत वितरणमा ढिलाइ हुन्छ भने मन्त्रिपरिषद्मा लगेर फुकाएर भए पनि किसानहरूलाई उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । उहाँले दातृ निकायहरूले आफैँले राहत वितरण नगरी एकमुष्ट रकम दिनुपर्ने र त्यो रकम सरकारले वितरण गर्नुपर्ने बताउनुभयो ।