अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 23:20

चीनमा सबैभन्दा बाक्लो हिमनदी पत्ता लाग्यो

बिआरटीनेपाल २०८१ असोज १५ गते ७:४५ मा प्रकाशित

वैज्ञानिकहरूले एशियाको वाटर टावर भनेर चिनिने चीनमा रहेको छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी पत्ता लगाएका छन् ।चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार झण्डै चार सय मिटरको अधिकतम नापिएको मोटाई भएको पुरोग काङ्गरी हिमनदी दक्षिणपश्चिम चीनको सिजाङ क्षेत्रमा पत्ता लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हिमनदीले पृथ्वीको जलवायु इतिहासको बारेमा महत्त्वपूर्ण जानकारी राख्ने वैज्ञानिकहरुको भनाइ छ ।

यसअघि वैज्ञानिकहरूले सात लाख वर्षभन्दा बढीको अवधिमा बनेको गुलिया हिमनदीबाट ३ सय ८ दशमलव ६  मिटरको बरफको कोर ड्रिल गरेका थिए । उनीहरुले पुरोग काङ्गरी हिमनदीमा पनि धेरै वर्ष अघिदेखि जमेको अनुमान गरेर थप अनुसन्धान गर्दैछन् । पछिल्लो समय विश्वभरका हिमनदीहरू पग्लिँदै गएर तिनीहरूभित्र समेटिएका ऐतिहासिक अभिलेखहरू पनि हराउने क्रम बढेको छ ।त्यसैले ऐतिहासिक जानकारी पुनः प्राप्त गर्नका लागि बरफको कोर निकालेर हिमनदी संरक्षण गर्नु महत्त्वपूर्ण रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकको भनाइ उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू