अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 15:48

एमालेको निष्कर्षः प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक

बिआरटीनेपाल २०८१ असोज १५ गते ६:२५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको महासचिव शङ्कर पोखरेलले बताउनुभएको छ । ‘सम्माननीय प्रधानमन्त्रीले अमेरिकामा रहँदा गर्नुभएका मित्रराष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँगका अनौपचारिक र औपचारिक भेटले देशको छविलाई अन्तर्राष्ट्रिय जगत्‌मा उजिल्याउन मद्दत पुगेको छ,’ उहाँले भन्नुभयो ।

बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ दाखिला गर्ने निर्णय गरेको तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाट कोषमा योगदान गर्न अनुरोध गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो । बैठकले राहत र उद्धारका काम युद्धस्तरमा गर्ने निर्णय गर्नका साथै राजधानी काठमाडौँ जोड्ने सडक मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताउनुभयो। हालैको बाढीबाट बालीनालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू