अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

शेयर बजार १ सय १४ अङ्कले बढेर २६ सय विन्दुमाथि, कारोबार रकम पनि बढ्यो

बिआरटीनेपाल २०८१ असोज १५ गते ६:१७ मा प्रकाशित

शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगेको छ ।आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज २१ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै १५ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से उच्च अङ्कले बढेको दिन ३ वटा कम्पनीको शेयर भने ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब रुपैयाँको पनि कारोबार नभएकोमा आज ३ सय ७ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ७ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रतिक्रिया