अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 15:42

हवाई टिकटको मूल्यवृद्धि घटाउन माग गर्दै अनेरास्ववियूले पर्यटनमन्त्रीलाई बुझायो ज्ञापनपत्र

बिआरटीनेपाल २०८१ असोज १५ गते ६:१२ मा प्रकाशित

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले हवाई भाडामा भएको वृद्धिलाई तुरुन्त रोक लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेको ध्यानाकर्षण गराएको छ ।अनेरास्ववियूले मंगलबार एक विज्ञप्ती जारी गर्दै अविरल वर्षापछि आएको बाढी-पहिरोमा परेका नागरिकको घाउँमा मलहम पट्टि लगाउनु पर्ने बेला भाडा वृद्धि गरी झन मर्कामा पारेको भन्दै ध्यानाकर्षण गराएको हो ।

अविरल वर्षापछि आएको बाढी-पहिरो र देशका विभिन्न भागहरूमा भएको क्षतिप्रति दुख व्यक्त गर्दै अनेरास्ववियूले यस दुखद घडीमा बाढी पहिरोमा फसेकाहरुको उद्धार र राहत, घाइतेको निस्शुक्क उपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाई र अवरुद्ध सडकहरुको मर्मत संभार गर्नु सरकारको दायित्व रहेको जनाएको छ ।

अनेरास्ववियूले विज्ञप्तीमा भनेको छ, ‘हवाई भाडा साविकको भन्दा पनि धेरै लिएको जन गुनासो आइरहेको छ । तसर्थ, माननीय मन्त्री ज्यु मार्फत हवाई भाडामा भएको मनपरी वृद्धिलाई तुरुन्त रोक लगाई यस्तो बेलामा गरिब, असाहय र विद्यार्थीको लागि निस्शुक भाडा गर्न र आम नागरिकको लागि साविकै भाडा कायम गरि सहयोग गर्न हाम्रो संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सरकारको यस विषयमा ध्यानाकर्षण गर्न चाहन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू