अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 15:47

कसैले तर्साउन खोजेर हामी तर्सिनेवाला छैनौं : बार अध्यक्ष घिमिरे

बिआरटीनेपाल २०८१ असोज १५ गते ६:०७ मा प्रकाशित

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने बताउनुभएको छ ।मंगलबार बार परिसरमा पत्रकार सम्मेलन गरी अध्यक्ष घिमिरेले यस्तो बताउनुभएको हो ।

अध्यक्ष घिमिरेले सर्वोच्च न्यायपरिषद्ले गरेका कामहरुलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाएर जान नहुने भन्दै अपहेलना मुद्दाको विषय नै नभएका जिकिर गर्नुभयो । उहाँले न्याय परिषद्ले सोमवार आफूबिरुद्ध खेद प्रश्ताव पास गरेको भन्दै न्याय परिषद् गैर संवैधानिक काम गर्ने र बारलाई खेद प्रकट गर्ने काम भएको बताउनुभयो ।

अध्यक्ष घिमिरेले आफू बिरुद्ध दर्ता भएको अपहेलनाको मुद्दा लड्ने बताउनुभयो । उहाँले अपहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न पनि चेतावनी दिनुभयो । अध्यक्ष घिमिरेले संवैधानिक निकायहरुको बीचमा बोल्नै नपाउने कुराले अधिकारबाट कुण्ठित गर्ने प्रपञ्च चलिरहेको अनुमान गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू