अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 15:44

कांग्रेस-एमालेको सरकार घातक : सभापति रवि लामिछाने

बिआरटीनेपाल २०८१ असोज १५ गते ६:०७ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई तिहाइको सरकार घातक भएको बताउनुभएको छ ।मंगलबार प्रतिनिधि अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले वर्तमान दुई तिहाईको (कांग्रेस–एमाले)को सरकार घातक भएको बताउनुभएको हो ।सभापति लामिछानेले सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न नसकेको र विपद्को बेलामा गम्भीरता देखाउन नसक्दा नागरिकको ज्यान गएको भएपनि कोही सांसदहरुले बिरोधमा नबोलेको भन्दै दुई तिहाइको सरकार घातक भएको टिप्पणी गर्नुभएको हो । उहाँले कांग्रेस–एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा केही हुँदा सरकारलाई दोष दिनेहरुको अहिले भने स्वर सुकेको बताउनुभयो ।

सभापति लामिछानेले दुई तिहाइको सरकार घातक हुने भएकाले एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्ने बताउनुभयो । उहाँले दुई ठूला पार्टीको सरकार हुँदा सरकारलाई सचेत गराउने स्वर सानो हुने बताउनुभयो । उहाँले सरकारले रात्रिकालिन बस नचलाउन सूचना जारी गरेपनि सरोकारवाला निकायलाई जानकारी नगराएको भन्दै सकारले गैरजिम्मेवारपूर्ण काम गरेको बताउनुभयो । उहाँले सरकारमा नागरिकको ज्यान बचाउने इच्छाशक्ति नभएकोले नागरिकहरुको बिल्लिबाठ भएको बताउनुभयो । सभापति लामिछानेले आफू गृहमन्त्री हुँदा बनाएको एक्शन रुमको कार्यान्वयन गरेको भए ठूलो क्षति नहुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू