अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 15:51

कांग्रेसले बोलायो संसदीय दलको बैठक

बिआरटीनेपाल २०८१ असोज १४ गते ७:५३ मा प्रकाशित

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको सांसद रामहरि खतिवडाले बताउनुभयो । उहाँका अनुसार बैठक वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्नेछ । बैठकमा बाढी पहिरोले निम्त्याएको प्रकोपसहित समसामियक बिषयमा छलफल हुने उहाँले बताउनुभयो ।

हिजो बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पार्टीको सांसदहरुको १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। भोलिको बैठकमा त्यसबाहेक सरकारले विपद्को बेलामा गरेको कामकारवाहीको बिषयमा पनि समीक्षा गर्ने तयारी छ । पूर्वसूचना हुँदा समेत सरकारले उद्धारमा ढिलाइ भएको भन्दै चर्को आलोचना भइरहेको छ ।

प्रधानमन्त्री अमेरिका भ्रमणमा भएपनि कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले विपद्को समयमा काम गर्न नसकेको पार्टीभित्रबाटै विरोधको सुनिन थालेपछि दलको बैठक डाकिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू