अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१
| Colorodo: 02:46
काठमाण्डौबाट पोखराका लागि छुटेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । नागढुङ्गाबाट प्रहरीले बाहिर जान अनुमति नदिएका कारण ग १ ख ४५३५ नम्बरको माइक्रोबस टोखा–छहरे, त्रिशुली हुँदै गल्छी निस्केर पोखरा आउन लागेको थियो । नुवाकोटको शिवपुरी गाउँपालिका–७ चापाबोटको सडकबाट माइक्रोबस खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरेर उपचारका लागि काठमाण्डौको ग्रीनसिटी अस्पतालमा लगिएको छ ।