अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 02:29

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

बिआरटीनेपाल २०८१ असोज १४ गते ६:२२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ महासभामा भाग लिएर स्वदेश फर्किनुभएको छ ।सोमबार प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ महासभामा भाग लिइ स्वदेश फर्किनुभएको हो ।

प्रधानमन्त्री ओली असोज ४ गते महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्रीको भ्रमण टोलीमा ओली पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल, मन्त्रीहरु र सरकारका उच्चपदस्थ व्यक्तिहरु विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू