अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 18:58

दसैँ टीकाको शुभसाइत कुन देश/ स्थानमा कहिले ?

बिआरटीनेपाल २०८१ असोज १३ गते ७:०९ मा प्रकाशित

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका नेपालीका निम्ति आउँदो बडादसैँको शुभसाइत सार्वजनिक गरेको छ । यही असोज ११ गते बसेको बैठकबाट विभिन्न देशका निम्ति दसैँको शुभसाइत तय गरिएको समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो । नेपालका निम्ति भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै शुभसाइत सार्वजनिक गरिसकेको छ । नेपालमा असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।

दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
समितिका अनुसार, भारतको देहली (दिल्ली) मा सन् २०२४ अक्टोबर १२ को बिहान ११:४२ बजे दसैँ टीकाको शुभसाइत रहेको छ । अमेरिकाको न्युयोकमा २०२४ अक्टोबर १२ को बिहान १०:१ मा शुभसाइत रहेको छ । अस्ट्रेलियाको सिड्नीमा २०२४ अक्टोबर १३ को बिहान ११:२१ बजे शुभसाइत रहेको छ । जापानको टोकियोमा २०२४ अक्टोबर १३ को बिहान ११: ३५ बजे दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू