अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२
| Colorodo: 03:57
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जिउधनको रक्षाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। बाढी पहिरो र डुबानमा फसेकाहरूको तत्काल उद्धार र राहतको योजनाबद्ध काम थाल्न उहाँले आग्रह गर्नुभएको हो । प्रचण्डले भन्नुभएको छ, ‘जनताको जिउधनको रक्षाप्रति गम्भीर बन्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहतको योजनाबद्ध काम थाल्न पनि आग्रह गर्दछु।’
अविरल वर्षाका कारण देशभर हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले पार्टीका सबै तह र निकायलाई जनतासँग हातेमालो गर्दै उद्धार र राहतको कार्यमा सहभागी बन्न निर्देशन दिनुभएको छ ।