अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 22:31

सिन्धुपाल्चोकमा भोटेकोशीले सडक र पुल बगाउँदा नेपाल–चीन सडक बिच्छेद

बिआरटीनेपाल २०८१ असोज १२ गते ६:३१ मा प्रकाशित

बाढी पहिरोले सडक र पुल बगाउँदा सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल चीन सडक पूर्ण रुपमा बिच्छेद भएको छ । ठाउँठाउँमा सडक बगाउनुको साथै नेपाल चीन जोड्ने अरनिको राजमार्ग अन्तर्गतको एउटा पक्कि पुल र एउटा बेलिव्रिज बगेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष नुर्पु शेर्पाले जानकारी दिनुभयो ।उहाँका अनुसार भोटेकोशी खोलामा आएको बाढीले लिपिङमा रहेको पक्कि पुल र लार्चामा रहेको बेलिब्रिज बगेको हो । यस्तै वडा नम्बर ३ र ४ लाई जोड्ने अर्को बेलिब्रिज पनि बगेको उहाँले बताउनुभयो । उहाँका अनुसार तातोपानी नाकातर्फ मानिस हिड्ने बाटो समेत छैन ।

बाढीका कारण खोला छेउका लार्चा, दश किलो, साँघु बजार जोखिममा परेको रहेकोले त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको पनि अध्यक्ष शेर्पाले बताउनुभयो । बाढीका कारण तातोपानीको सुख्खा बन्दरगाह पनि जोखिममा परेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । दशैँको समयमा व्यापारीहरुले तातोपानी नाका हुँदा धेरै सामाग्रि ल्याउने भएकोले यसबेला सडक बिच्छेद हुँदा समस्या हुने देखिएको पनि अध्यक्ष शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू