अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 04:38

पहिरोले तामाकोशी जलविद्युत आयोजनाको बाँधमा क्षति, उत्पादन बन्द

बिआरटीनेपाल २०८१ असोज १२ गते ६:२६ मा प्रकाशित

पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा क्षति पुर्‍याएको छ।माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि हिजो बेलुका साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुल्ला गरिएको छ । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ ।

नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ । आयोजनाको प्रवर्द्धन कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहन गौतमले विद्युतगृह रहेको ठाउँ गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलाहरुमा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेको बताउनुभयो । नियन्त्रण कक्षमा रहेका दुई जना कर्मचारीलाई उद्धार गर्न लागिएको र अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।

तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युमेक छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव २५० क्युमेक हुनासाथ विद्युत् गृह बन्द गर्नु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू