अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६
| Colorodo: 22:11
सप्तकोशी नदीमा पानीको बहाव बढ्दै जाँदा पुल माथिबाटै पानी बग्न थालेको छ । १८ नम्बर ढोका माथिको पुलबाटै केही बेर अगाडि पानी बग्न थालेको भए पनि अहिले कम हुँदै गएको सुनसरी प्रहरीले जनाएको छ । पानीको बहाव उच्च भएर पुलबाटै पानी बग्न थालेको हो । ब्यारेजका ५६ वटै ढोका खुला गरिएको उनले बताए ।
ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ । अहिले कोशीको पानीको बहाव प्रतिसेकेण्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको छ । यो सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । भारतीय पक्षले कोशीमा बाढीको बहाव प्रतिसेकेण्ड ६ लाख ८१ हजार ६ सय ३९ क्यूसेक पुग्न सक्ने पूर्वानुमान गरेको छ ।