अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

श्रीलङ्कामा पुरानो अनलाइन भिसा आवेदन प्लेटफर्म पुनर्स्थापना

बिआरटीनेपाल २०८१ असोज ११ गते ७:५२ मा प्रकाशित

श्रीलङ्काले पर्यटनलाई प्रोत्साहन गर्न पुरानो अनलाइन भिसा आवेदन प्लेटफर्म पुनर्स्थापना गरेको छ । श्रीलङ्काको सर्वोच्च अदालतले भिसा प्रशोधन विदेशी कन्सोर्टियमलाई आउटसोर्स गर्ने विवादास्पद करोडौं डलरको सम्झौतालाई निलम्बन गरेपछि सरकारले पुरानो भिसा प्रणालीलाई पुनर्स्थापना गरेको हो ।पर्यटकहरूले अब भारतमा रहेको भीएफएस ग्लोबलले लिने २५ डलर शुल्क नतिरी अनलाइन भिसाका लागि आवेदन दिन सक्नेछन् । भीएफएस ग्लोबलले गएको अप्रिलमा अघिल्लो सरकारसँग आउटसोर्सिङ सम्झौता गरेको थियो ।

नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले देशको अर्थतन्त्र सङ्कटबाट बाहिर निस्कँदै गरेको अवस्थामा पर्यटन प्रवर्द्धनका लागि सरकारले पुरानै प्रणाली शुरू गरेको बताउनुभयो ।आउटसोर्सिङ सम्झौताअन्तर्गत श्रीलङ्कामा प्रवेश गर्ने कुनै पनि विदेशीले २५ डलर भिसा प्रशोधन शुल्क भुक्तानी गर्नुपर्थ्याे । भिसा–मुक्त भ्रमणको व्यवस्था भएका देशका नागरिकले पनि शुल्क तिर्नुपर्ने भएपछि त्यसको विरोध भएको थियो । देशको अर्थतन्त्रमा पर्यटकको मुख्य भूमिका रहेको श्रीलङ्कामा बितेको सात महिनामा झन्डै १२ लाख पर्यटक पुगेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू