अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

पूर्वरक्षामन्त्री इशिबा जापानकाे प्रधानमन्त्री बन्ने

बिआरटीनेपाल २०८१ असोज ११ गते ७:५० मा प्रकाशित

जापानका पूर्वरक्षामन्त्री शिगेरु इशिबा प्रधानमन्त्री बन्नु हुने भएको छ । सत्तारूढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ (एलडीपी) को नेता चुनिएसँगै पूर्व रक्षामन्त्री इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।आज भएको दलको नेताको चुनावमा ६७ वर्षीय इशिबाले दुई सय १५ र उहाँका महिला प्रतिस्पर्धी साने ताकाइचीले एक सय ९४ मत प्राप्त गर्नुभएको छ । इशिबा दोस्रो चरणको मतदानमा विजयी हुनुभएको हो । संसद्को तल्लो सदनमा सत्तारूढ एलडीपीको पूर्ण नियन्त्रण रहेको र शिगेरु इसिबा प्रधानमन्त्री बन्ने निश्चित भएको खबरमा उल्लेख छ । जापानको लोकतान्त्रिक प्रणालीमा संसद्को तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ ।

वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले पार्टीभित्र भ्रष्टाचारका काण्डको शृङ्खलाबीच अगस्टमा राजीनामा दिने निर्णयको घोषणा गर्नुभएको थियो । इशिबा आफ्नै पार्टीको आलोचना र विपक्षमा जाने नेताका रूपमा चिनिनु हुन्छ । उहाँले नाटो सैन्य गठबन्धनको एशियाली संस्करण र थप समान जापान–अमेरिकी सुरक्षा गठबन्धको प्रस्ताव गर्नुभएको छ । उहाँ ताइवानको लोकतन्त्रको समर्थक पनि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू