अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

पूर्वडीआईजी जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बिआरटीनेपाल २०८१ असोज ११ गते ७:४८ मा प्रकाशित

सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिनुभयो ।

जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको आइतवार काठमाण्डौबाट पक्राउ गरी पोखरा लगेको थियो । लगत्तै जिल्ला अदालत कास्कीबाट सोमवार पाँच दिनको म्याद थप गरिएको थियो । अनुसन्धान नसकिएपछि पुनः सात दिनको म्याद थप गरिएको एसपी थापाले बताउनुभयो । सहकारीको रकम दुरुपयोगसम्बन्धी गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएसँगै जोशी पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू