अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

पर्यटन क्षेत्रको समस्या समाधान गर्न सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री सिंह

बिआरटीनेपाल २०८१ असोज ११ गते ७:३६ मा प्रकाशित

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।कार्यवाहक प्रधानमन्त्री सिंहले नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्र चलायमान र मजबुत बनाउनका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने पनि बताउनुभयो ।

सिंहले पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ व्यवस्थित गरेर अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो । कार्यवाहक प्रधानमन्त्री सिंहले भन्नुभयो, ‘टुरिजम सेक्टर नेपालको कन्टेस्टमा इकोनोमीलाई अपलिफ्ट गर्नका लागि इन्जिनको रुपमा यो सेक्टरलाई अझ प्रभावकारी रुपले बढाउन जरुरी छ । राजनीतिक स्थिरतापछि आर्थिक स्थिरता पनि आउँछ भन्छौँ । पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ हामीले अघि बढाउन जरुरी छ । समस्याहरुको पहिचान गरी वर्तमान सरकारले समाधान गर्नेछ ।’

कार्यवाहक प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता दिनका लागि काँग्रेस—एमालेको सरकार बनेको बताउनुभयो । उहाँले वर्तमान सरकारले जनताको पक्षमा काम अघि बढाउने बताउनुभयो । देशमै बसेर समाज र देशलाई योगदान दिने वातावरण निर्माण गरिरहेको बताउनुभयो । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा धरै सहयोग गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया